• आज थप ३ सय १५ जना कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १६:४०

    काठमाडौं, १७ साउन । नेपालमा कोरोना भाइरसका आज ३ सय १५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २० हजार ८६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
    आजसम्म १४ हजार ४ सय ९२ जना संक्रमणमुक्त भएका छन् । आज ९३ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु