• नेपाल र भारतका शास्त्रीय संगीतज्ञहरुको फेसबुक लाइभ प्रस्तुती

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १७:१९

    श्रावण १७, काठमाडौं । भारतको बसन्त कलेज (केफआई,महिला)राजघाट ,बनारसको पहलमा आगामी सोमबार महान चाड पर्व ऋषि तर्पनी तथा जनै पुर्णिमाको दिन नेपालका बरिष्ठ शास्त्रीय तबला बादक पं अच्युतराम भण्डारीले सांझ ६ः०० बजेदेखि ७ः०० बजेसम्म फेसबुकमा तबला सोलो बादनको लाइभ प्रस्तुती दिनु हुने भएको छ ।
    हाल विश्वसंगै नेपाल पनि कोरोना महामारी कोभिड —१९ को चपेटामा प्रभावित भएको समयमा एक अर्का देशका कलाकारहरु आवत जावत गर्न नसक्ने भए पनि सामाजिक संजाल फेसबुकमा दर्शकहरुले संगीतको आनन्द लिन पाउने भएका छन । नेपाल र भारतबिचको यस खालको संगीत आदान प्रदान कार्यक्रमले एक अर्काबिचको सांस्कृतिक सम्बन्ध अझ प्रगाड हुने आशा गरिएको छ । शास्त्रीय संगीतको यो कार्यक्रमको मुख्य आयोजकको रुपमा बनारसको शास्त्रीय संगीत बादक डा. संजय बर्मा रहनु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु