दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मौलिक मूर्त सम्पदाको संरक्षणमा :सांसद शाक्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १७ गते, शनिबार २०:२६

काठमाडौं। शहरी सभ्यताको चरम विकास क्रमसंगै हराउंदै गएको काठमाडौंको मौलिक मूर्त सम्पदा फल्चा अर्थात पाटीपौवाको संरक्षण तथा पूर्नरनिर्माण गर्ने कार्य भएको छ।

यस कार्यमा स्थानीय निकाय तथा प्रदेश सरकारले यस कार्यमा विशेष महत्व र चासो दिन थालेको हो। जसको कारण हराउंदै गएको फल्चा जस्ता मौलिक मूर्त सम्पदाको संरक्षण हुन थालेको छ।

यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १२ ब्रम्हटोलमा रहेको फल्चाको पूर्नरनिर्माण सम्पन्न भएर उदघाटन भएको छ। बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं क्षेत्र नंबर ९(१) वाट निर्वाचित लोकप्रिय प्रदेश सांसद डा.अजयक्रान्ति शाक्यको पहलवाट उक्त फल्चाको पूर्नरनिर्माण भएको हो।

शनिवार आयोजित कार्यक्रममा सांसद डा.शाक्यले उदघाटन गरेका हुन। वडा दशैंको पञ्चमीका दिन हुने पचिमह (पचली भैरब जात्रा) र १२ बर्षको पचली भैरब जात्रामा विशेष महत्व राख्ने ऐतिहासिक श्वेत भैरब स्थानमा रहेको फल्चा (पाटी) निर्माण भएको जानकारी सांसद डा.शाक्यले बताएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु