• जनै पूर्णिमा र हाम्रो संस्कृति: लोक बहादुर पुडासैनी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार २०:१७

    नुवाकोट । जनैूर्णिमा हिन्दू पुरुष हरु को लागी अती ठूलो र महतत्वपूर्ण धार्मिक पर्व हो । यो विश्वभरका हिन्दूहरुले भव्य र सभ्य रुपले मनाउँदछन् ।नेपाली हिन्दु धर्माबलम्बीहरुको,गैर-आवासीय नेपालीहरु,भारतमा,पाकिस्तानमा र बर्मामा (म्यानमार)रहेका हिन्दू तथा नेपालीभाषीहरुको (मात्र हिन्दु धर्मका अनुयायीहरु) ले यो पर्व मनाउने गर्दछन् ।
    जसरी हिन्दु नारीहरुको ऋषिपञ्चमी मा (हरितालिका तीज) निराहार वर्त बसेर शिव पार्वतीको पूजा गरी मनाउँदछन् । पर्सिपल्ट सप्तऋषि को नदी तथा जलाशय हरुमा अपमार्ग द्वारा स्नान गर्ने(दतिवन),सप्तऋषि को पूजापाठ गरी जीवनमा जान अन्जानमा भएका पाप हरुको क्षमा याचना गर्दछन् । त्यसैगरी हिन्दु पुरुषहरुले पनि भाद्र शुक्ल चतुर्दशीका दिन नदी वा जलाशय मा स्नान गर्ने ,कपाल मुण्डन गर्ने, वर्त बस्ने जलाशयमा शुद्ध र शाकाहारी भोजन गर्नुपर्दछ । भोलिपल्ट जनैपूर्णिमा तथा रक्षाबन्धन को दिन नजिकको जलाशयमा स्नान गर्ने आफूले बनाएको जनै (यज्ञपवित) र रक्षाबन्धन रुद्राभिषेक गरेको ठाउँमा व्यक्तिगत वा सामूहिक रूपमा लगेर पवित्र बनाई रक्षाबन्धन र जनैधारण गर्ने गरिन्छ ।

    यसरी रक्षाबन्धन धारण गर्दा पुरोहितले यजमानहरुलाई “येनबद्धो बली राजा दानवेन्दो महावल:। तेन त्वां प्रति वद्यनामी रक्षेमाचलामाचल” ।।

    जस्ता वैदिक मन्त्र उच्चारण गरी लगाइदिने गर्दछन्। यो रक्षाबन्धन तागाधारी (क्षेत्री र ब्राहमण) र मतवाली जनै धारण गर्ने र नगर्ने दुवै थरीले धारण गर्दछन् । त्यसैगरी रुद्राभिषेक गरेको जनै पुरोहितहरुले यजमान हरुलाई घरमै गएर

    “यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात ।
    आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।।
    जस्ता मन्त्र उच्चारण गरी पुरोहितले जनै र रक्षाबनधन लगाई दिन्छन् र
    पुरानो जनै त्याग गर्नु अघि यस्तो मन्त्र पढिन्छ ।

    एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया ।
    जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।।

    जनै नलगाउने आदिवासी नेवार , मगर ,भुजेल हरुको घरमा भने रक्षाबन्धन मात्र लैजाने चलन छ । यो रक्षा बन्धन तराईमा र भारत मा धेरै जसो ठाउँ मा दिदीबहिनीले दाजुभाइलाई बांध्ने चलन पनि रहेको छ ।

    केही आदिवासी ,दलित, र जनाजाति जस्ता हिन्दु धर्मालम्वीहरुले ज्वाइँ भानिजबात रक्षाबन्धन ग्रहण गर्ने चलन पनि रहेको छ ।
    नेवारी समुदयमा उपत्यका का धेरै ठाउँ मा गुभाजु बाट ग्रहण गर्ने चलन भए पनि पहाडमा भने पुरोहित बाटै रक्षाबन्धन गर्ने। चलन छ ।

    निष्ठा र भक्तिमा कमी

    यो जनैपूर्णिमा पर्व मनाउने अघिल्लो दिन हिन्दु धर्म मान्ने पुरुषले बर्त बस्नु पर्ने र एक भक्ति बसेर शाकाहारी भोजन गर्नु पर्नेमा वर्त नबस्ने माछामासु खाने जस्ता काम हुनुले सप्तऋषि प्रति श्रद्धा र जनैूर्णिमाको महत्व लाई नबुझेको होकी जस्तो गरेको पाइन्छ भन्नुहुन्छ योग विज्ञान र पूर्वजन्म र यसको स्मृति कृतिका लेखक आचार्य विष्णु प्रसाद दाहाल ।
    यसरी जनै धारण गर्ने गायत्री मन्त्र पाठ गर्ने र रक्षाबन्धन पश्चात पुरोहित तथा घरमा आएका ज्वाइँ भानिज, चेलीबेटीहरुलाई सप्तऋषिको पूजा गरेको प्रसाद लगाई दक्षिणा दिने चलन हाम्रो नेपाली हिन्दु समाजको विशेषता हो । यसरी सबै धार्मिक अनुष्ठान सकेपछि विभिन्न गेडागुडी मिश्रित टुसा उमारिएको क्वाँटी खाना संग खानाले मानु रोपेर मुरी उब्जाउदा देखिएको भरपूर प्रोटीन युक्त खानाले शक्ति प्रदान गर्दछ । यो पर्वले आन्तरिक पर्यटन लागि प्रवर्द्धन गरेकोछ । जनैूपुर्णिमा एक धार्मीक र पर्व भएकोले यसले आन्तरिक पर्यटन लागि सुदृढ गर्न ठूलो महत्त्व राख्दछ । अ

    कोभिड १९ ले गर्दा यसपटक विभिन्न तिर्थ र जलाशय मा मानिसको भिडभाड नगर्न देशको ७७ वटै प्रजिअ कार्यालय वाट सूचना जारी भएकोले कम मानिस उपस्थित हुने गर्दछन् । अघि पछि का वर्षमा यो पर्वमा मानिषहरू गोसाइँकुण्ड रसुवा, पशुपतिनाथ काठमाडौ, कुभेश्वर ललितपुर , वराहक्षेत्र सुनसरी, जलेश्वर महोत्तरी,तादी र त्रिशुली को संगम स्थल देवीघाट , तनहुँको देवघाट, पोखराको गुप्तेश्वर मन्दिर गुल्मीको रिडीतथा रुरु क्षत्र जुम्लाको चन्दननाथ रसुवा र नुवाकोटको संगमस्थल उत्तरगया जस्ता ठाउँहरुमा सहस्र धारा (हजार मूल) मूलबाट आएको पानीमा नुहाउने र रक्षाबन्धन यज्ञको पवित्र धारण गरेर घर फैर्ने चलन छ । यो कहीं कहीं औपचारिकता मात्र पनि देखिन्छ।

    यो पर्वमा कर्मकाण्डी पुरोहित हरुले जनै वाट्ने डोरो बाट्ने र रुद्राभिषेक गरेर जनैपूर्णिमाको दिन ल्याउनुपर्नेमा एक महिनाअघिदेखि नै पसल हरुमा रुद्राभिषेक नगरेको रङ्गीचङ्गी जनै र रक्षाबन्धनको पाइन्छ । यही डोरो र जनै अल्छी पुरोहित ले लाने गर्दा अपवित्र र औपचारिक ता मात्र देखिन्छ भन्नुहुन्छ नुवाकोट देवीघाट निवासी बलराम गजुरेल उपाध्याय । त्यति मात्र होइन टाढा टाढाका नदीकिनार हरुमा औपचारिक अनौपचारिकता निभाउन नुहाएर हातमुख धोएर आउने मतवाली र तागाधारी भक्त जनहरुलाई रक्षाबन्धन र जनै बिक्री गरी लाभलिन एकदिने पुरोहितहरू लाई तानातान र भ्याई नभ्याई हुन्छ ।

    जनैको महत्त्व :

    जनैमा पञ्चाशिखा हुन्छ । यसलाई विधी पूर्वक धारण गर्नाले पाँच यज्ञ गरेसरहको फल मिल्दछ भन्ने मान्यता छ
    । हिन्दु संस्कारमा वर्तवन्ध गरेपछि उपनयन समारोह मा पहिलोपल्ट जनै गुरुपुरोहित बाट धारण गराई गायत्री प्रदान गर्ने प्रचलन छ । यसरी गायत्री प्रदान गर्ने गुरुहरुलाई जीवित छँदा मानसम्मान र मृत्युपश्चात् तर्पण दिने गरिन्छ । जनै धारण गरेपछि ब्राह्मण र क्षेत्री को गायत्री छुट्टाछुट्टै गुरु पुरोहित बाट प्रदान गरी बिहान-बेलुका जप्ने प्रचलन छ नियमित स्नानपछि गायत्री जपनाले योग बिज्ञान अनुसार मन र शरीरलाई स्वस्थ सफा र पवित्र राख्न मद्दत गर्दछ । जनैमा ६ डोरा हुन्छन् ३ डोराले ब्रह्मा विष्णु र महेश्वर अर्का ३ डोराले ज्ञान कर्म र उपासना को प्रतीकलाई जनाउँछ । जनै ले ॐकार परिवार र मंगोल परिवारलाई छुट्याउँदा छ यदि जनै नलगाउने हो भने खास आर्य होकी मङ्गोल सम्प्रदाय हो दुविधा हुन जान्छ । त्यसैले जनैले सांस्कृतिक सम्बन्ध लाई पनि बलियो बनाएको हुन्छ यस्तो जनै धार्मिक अनुष्ठान गरेर विधिपूर्वक लगाउनुपर्दछ भन्नुहुन्छ वरिष्ठ पुरोहित रामप्रसाद दाहाल ।

    तर पछिल्लो पटक केही समयदेखि बाल्मिकी क्याम्पस मा कर्मकान्ड पढ्ने आचार्यको पुरोहित हरु, संस्कृत विद्यापीठ का बटुक हरु स्नान ,ध्यान, जप र पूजापाठ गरेर विधिपूर्वक रुद्राभिषेक गरेको रक्षाबन्धन र जनै लिएर धार्मिक मेलामा सहभागि भक्तजनहरुलाई सेवा गर्न देवघाट, देवीघाट, धरान पशुपतिक्षेत्र रीडी व्यास गुफा दमौली नर्सीङ घाट कुस्मा जस्ता ठाउँहरुमा बस्नुले हिन्दू धर्मावलम्बी बीच यो उत्सव जीवन्त बनाउन सकिन्छ भन्नेमा दुईमत हुनै सक्दैन ।

    – लोक बहादुर पुडासैनी
    – नुवाकोट देवीघाट
    – त्रिविमा धर्म संस्कृति र यसको सम्बन्धमा शोध गर्दै।
    – त्रिवि रजिष्ट्रेशन नम्बर ६-१२४६-९४९७

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु