• टुविनि गर्ल (प्रिज्मा/प्रिन्सी) र सागर लम्सालको “नाचें फिरिरी” सार्वजानिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार १२:०२

    काठमाडाै।  डा. चन्द्र गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत ‘नाचें फिरिरी’ को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ ।

     

    यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् २ दिनमा ६ लाख भन्दा बढी भ्युज पाईसकेको छ ।
    लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद् हुन् ।

    गीतकार गिरीका लगभग १ दर्जन गीत रेकर्ड भईसकेका छन् । अरु गीतका भिडियो पनि क्रमैसँग रिलिज गरिने कुरा उनले जानकारी गराए ।
    गम्भीर विष्टको परिकल्पना तथा निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको सिनेम्याटोग्राफीमा छयाँकन भएको यस भिडियोमा विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्शन गरेका छन् । भिडियोमा दर्शकले अत्यन्तै रुचाएका कलाकार ट्वीन्सर् प्रिज्मा र प्रिन्सी खतिवडा तथा सागर लम्साल ‘बले’ले प्रमुख मोडलको रुपमा नृत्य तथा अभिनय गरेका छन् ।

    नेपाल चलचित्र विकाश कम्पनी बालाजूमा भब्य सेट लगाएर केहीदिन अघिमात्र भिडियोको छायाँकन गरिएको थियो । भिडियोको लागि कला निर्देशक विजय चौधरीले आकर्षक सेट लगाएका थिए । भिडियो मा हेर्न सकिन्छ ।
    क्या दामी भो र ‘पिलायो साथी’ले जस्ता पिउने पिलाउने गीतबाट विशेष र फरक प्रकारको चर्चा पाएका शिव परियारले अब ‘नाचें फिरिरी‘ ले संसारभरका स्टेज तताउने प्रतिक्रिया दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु