• काठमाडौंमा भाइरस महामारीका रुपमा फैलन सक्ने खतरा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार १२:१०

    काठमाडौं, १८ साउन । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस महामारीका रुपमा फैलन सक्ने खतरा बढेको छ । बढी जनसंख्या, मानिसहरुको बढी चहलपहल र अव्यवस्थित शहरीकरण भएकाले उपत्यकामा जोखिम बढेको हो ।

    पछिल्लो पटक उपत्यकामा दिनहुँदा दर्जनौं संक्रमित थपिन थालेका छन् । मानिसहरुको मृत्यु भइरहेको छ । उपत्यकामा कोरोना महामारी भयावह हुनसक्ने विज्ञहरुको चेतावनी छ । हिजो रिपोर्टर्स क्लब नेपालमा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षित, सरुवा रोग विशेषज्ञ डा. बाबुराम महासिनी र डा.अनुप बास्तोलाले भयावह हुनसक्ने खतरा औल्याएका थिए । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि सम्भावित खतराबारे उल्लेख गरेका छन् । उनले सरकार आवश्यक तयारीका साथ शतर्क रहेको जानकारी गराएका छन् ।

    सरकारले उपत्यकामा जोखिमलाई दृष्टिगत गरी सवारीसाधन सञ्चालनमा कडाई गर्ने, काठमाडौं उपत्यकाबाहिरबाट आउनेको विशेष चेकजाँच, पीसीआर टेष्ट बढाउनेबारे मन्त्री ढकालले बोलेका छन् । सरकारले आवश्यक परे लकडाउन गर्ने तयारी समेत रहेको छ । कोरोना फैलिएमा निश्चित स्थानहरुमा निषेधाज्ञा जारी गर्ने तयारी पनि छ ।

    ७ साउनमा लकडाउन अन्तको घोषणा गरेको ११ दिनमै उपत्यकालगायत मुख्य शहरहरुमा लक्षणसहितको कोरोना भाइरसको संक्रमण पत्ता लाग्न थालेको छ । रोग फैलने खतरालाई दृष्टिगत गरी वीरगञ्ज, विराटनगरलगायतका शहरहरुमा लकडाउन गरिएको छ । अन्य शहरहरुमा पनि आवश्यक परे लकडाउन तथा निषेधाज्ञा जारी गर्ने तयारी भएको छ ।

    source: Janasawal.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु