• राईलाई आर्थिक सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार १६:१०

    काठमाडौ ।सल्यान जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
    राईलाई कर्णाली स्पोर्ट्स क्लबले १० हजार तथा जुम्ला एथलेटिक्स संघ र कीर्तिमानी पूर्व धावक ओलम्पियन हरिबहादुर रोकायाले समान ५–५ हजार नगद सहयोग प्रदान गरेका हुन् । राई हाल काठमाडौं रिसर्च सेन्टरमा उपचार गराइ रहेका छन् । राईलाई क्लबका संस्थापकद्वय उमेश रोकाया र यज्ञप्रसाद देवकोटाले रकम हस्तान्तरण गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु