• नेपाली संस्कृतिमा मौलिक पर्व गाईजात्रा : पुडासैनी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार २०:३१

    नुवाकोट ।परिचय गाईजात्रा १६ औँ सताब्दीको शुरूवात वा उपत्यकामा प्रताप मल्ल राजा भएको समयदेखि चलिआएको ऐतिहासिक प्रमाण पाइन्छ । प्रताप मल्ल का कान्छा छोरा चक्रब्रतेन्द्र मल्लको बिफर को रोगबाट मृत्यु भयो छोरा मरेपछि रानी केहीवर्ष अति शोकाकुल भइन् । केही गर्दा पनि रानीको मन नबुझेपछि राजाले उपत्यकामा नृत्यु हुने व्यक्तिको घरबाट मानिसलाई गाईका बनाएर सके साँच्चै गाईलाई सिंगारेर पूजाआजा गरी भजनकीर्तन गर्दै मृतकको सम्झना गरी जात्रा निकाल्ने प्रचलन सुरु भयो यसैलाई गाईजात्रा भन्ने गरिन्छ थाल्यो यसै अवसरमा रानीलाई शोकबाट राहत दिन विभिन्न हास्यव्यंग्यका चर्तिकला र प्रहसन सुरु भएको मानिन्छ यो यो भाद्र कृष्ण प्रतिपदा तिथिमा मनाउने गाईजात्रा नेवारी समाजको बसोबास भएको नेपालका विभिन्न ठाउँहरू जस्तै भोजपुर, संखुवासभा, धनकुटा,ओखलढुङ्गा,रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, बनेपा, पनौती,उपत्यका नुवाकोटको साततले दरबार परिसर ,त्रिशुली, बट्टार,बेत्रावती ,देवीघाट ,बेलकोटगढी नगरपालिका को दुईपिपाल डबली, तारुका मा समेत मनाइन्छ पश्चिमतर्फ धादिङ, गोरखा ,तनहुँ ,पर्वत, पोखरा, स्याङ्जा लगायत नेपालका थुप्रै ठाउँहरुमा यो पर्व मनाइन्छ

    गाईजात्रा र हास्यब्यङ्ग को सम्बन्ध :

    नेपालमा गाईजात्रा राणाकालीन समयमा पनि मनाइन्थ्यो त्यतिखेर श्री ५ र श्री ३ सरकारप्रति कुनै व्यंग्य गर्न छुट्टै पाइँदैनथ्यो २००७ सालको क्रान्ति पछि गाईजात्राको अवसरमा ब्यङ्ग लेख कविता प्रहसन काटुन मार्फत व्यङ्ग्य प्रहार गरेको इतिहास छ ।

    २०१७ सालदेखि २०४६ सालसम्म :

    यो तीस वर्षको अवधिमा श्री ५ बाहेक पञ्चायती व्यवस्थाविरुद्ध केही घोचपेच प्यारोडी काटुन जस्ता सामग्रीहरु प्रचार र छापिएको पाइन्छ । राष्ट्रिय नाचघरमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ को प्यारोडी प्रहसन रेडियो नेपालमा रसरङ्ग कार्यक्रम र पत्रपत्रिकामा कार्टुन यस समयका उल्लेख्य गाईजात्रा सम्बन्धीका उपलब्धि हुन् ।

    २०४७ सालदेखि हालसम्म :

    यो अवधिमा प्रेस स्वतन्त्रताको र मौलिक हकको ग्यारेण्टी गर्न नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो । यही संविधान बमोजिम २०४८ सालमा चुनाव सम्पन्न भयो । यस अवधिमा एफएम रेडियोहरु सञ्चालन भए नेपाली राष्ट्रिय दैनिक कान्तिपुर २०४९ साल फाल्गुन 7 गते प्रजातन्त्र दिवसको दिन देखि प्रकाशन भयो । इमेज च्यानल, कान्तिपुर ,सगरमाथा ,abc tv, himalayan tv, mountaintv जस्ता दर्जनौं टीवी च्यानल हरु स्थापना भए ।
    यस्ता सञ्चार प्रतिष्ठानहरूले विभिन्न मनोरञ्जन मुलक सामग्रीहरु उत्पादन र प्रसारण गर्न थाल्यो अझ गाईजात्राको अवसरमा त विशेष कार्यक्रम नै प्रसारण गर्न थालेको पाइन्छ ।

    मिडियामा गाईजात्रा विशेष :

    बहुदल हुँदै संघीय गणतन्त्र सम्म देश प्रवेश गर्दा विद्युतीय सञ्चार माध्यम छापा माध्यम र अनलाइन माध्यममा विभिन्न गाईजात्रे कार्यक्रम प्रसारण गरी नेताहरुले जनतामाथि गरेको अविश्वास ,देशको वर्तमान समग्र राजनैतिक गतिविधि, विकास,निर्माण,खस्किँदो अर्थव्यवस्था जस्ता विषय मा चोटिलो प्रहार यही मीडिया मार्फत कलाकारले गर्ने गरेका छन् । यसो भनौं मीडिया मा कलाकारले एउटा प्लेटफर्म बा निर्माण गरेका छन् ।हिजोका दिनमा रेडियोमा हरिवंश र मदनकृष्ण श्रेष्ठको रसरङ्ग कार्यक्रम गोबिन्दसिंह राउतको दिनप्रतिदिन कार्यक्रम , नेपाल टेलिभिजनमा सन्तोष पन्तको हिजोआजका कुरा, मुन्द्रेको आजभोलि चलिरहेको कमेडी कलव, जिरेखुसानि, भद्रगोल, सक्किगोनी, मेरी बास्सै जस्ता टेलिसिरियल ले पनि वर्तमानमा ब्यङ्गय क्षेत्रमार्फत समाजमा हरेक क्षेत्रमा विकृति छ सुधार्न पर्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ भन्ने सन्देश दिन पुगेको छ ।

    यसपालीको गाईजात्रा कस्तो होला त ?

    २०७६ साल चैत ११ गतेदेखि नेपालमा घोषित अघोषित गरी लकडाउनमा छ त्यस्तो अवस्था घरमै बसौँ कोरोना बाट टाढा रहौं भन्दै गाईजात्रा विशेष ap1 टिबीको स्टुडियोबाट मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, शिवशङ्कर रिजाल, सुरेन्द्र केसी, पशुपति शर्मा ,बबिता बानिया जेरि, सुमन कार्की, सुबोध गौतम ,राजाराजेन्द्र लगायत दर्जनौ कलाकार का प्रस्तुति प्रसारण भइरहेको छ ।
    तीस वर्षअघि casket त्यसपछि cd, dvd, memory हुँदै अहिले पेनड्राइभमा राखी हजारौं फाइललाई लिएर हिँड्न मिल्ने, इन्टरनेटको सञ्जाल भएको ठाउँमा युट्युबमा लग इन गरी हेर्न सकिने । प्रविधिले हातहातमा भएको मोबाइलबाट दर्शक श्रोताले मनोरञ्जन लिन पाएका छन् । यो प्रविधि को विकास हो ।

    र अन्तमा-

    गाईजात्राको बारेमा जति उल्लेख गरेपनि कमै हुन्छ । समग्रमा भन्दा यो हाम्रो मौलिक संस्कृति हो । गाईजात्राको अवसर पारेर स्थानीय , प्रदेश र संघिए सरकारले गर्छु भनेर नगरेका कार्यहरु हत्या हिंसालाई प्रसाय दिएको न्यायालय लाई आफ्ना मान्छे लाई भर्ती केन्द्र बनाएका कुराहरुमा चोटिलो व्यंग्यवाण गरेकोले समाज सुधार र विसङ्गति र विकृति को क्षेत्रमा नेपाली समाज मा गाईजात्रा को विशेष ठूलो भूमिका छ हिमालाए कोल्ड स्टोर प्रालि का मुख्य संचालक माधव कुमार गजुरेल ।

    जहाँ जे भए पनि कोविड १९ को संक्रमण ले गर्दा त्यति भिडभाड हुने छैन ।। घरमै बसेर कलाकारको विद्युतिय सञ्चार माध्यम मा प्रस्तुति हेर्ने कामना लगायतको छापा माध्यम मा आएका हाँस्य व्याङ्ग्य पढ्ने र मनोरञ्जन लिने नै हो ।। जसबाट वर्ष भरी भएका गल्ती कमजोरी लाई सुधार्ने मौका मिलोस् ।। यो गाई जात्रा चलाउने प्रताप मल्ल जसले काठमाडौँ को काठमाडौंको वातावरण सुन्दर बनाउन र रानीलाई सान्त्वना दिन रानीपोखरी बनाए । २०७२ साल बैशाख १२ गते १२ बजे गएको हाम्रै आँखाले देखेको भूकम्पबाट रानीपोखरी क्षतिग्रस्त भयो । यो निर्माण चरणको अन्तिम विन्दुमा पुगेको छ । जनैपूर्णिमा, गाईजात्रा, रानीपोखरी, प्रताप मल्ल ,नेवारी समाजका ,लाखेजात्रा रोपाइँजात्रा जस्ता जीवन्त धार्मिक तथा सामाजिक संस्कृति नेपाली समाजको सच्चा दर्पण मान्न सकिन्छ ।

    लोक बहादुर पुडासैनी देवीघाट नुवाकोट ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु