काठमाडौं २० साउन।
श्री तिमल्सिना फिल्मस् को बैनरमा निर्माण भएको नेपाली कथानक चलचित्र´ साथ साथ` ले चलचित्रमा समाबेश एक गितको कभर भिडियो प्रतियोगिता अन्तरगतको पहिलो भिडियो सार्वजनिक भएको छ ।
´बिहानीको पहिलो`बोलको उक्त गितमा रुपेश बास्कोटाको शब्द एवम् संगित रहेको छ भने श्रीहरी दाहाल र शुशिला पाठकले स्वर रहेको छ।
निर्देशक सुमन घिमिरेको निर्माण र रेशा श्रेष्ठको प्रस्तुति रहेको चलचित्रलाई सुशील पोख्रेलले लेखेका हुन् । लेखक/निर्देशक जगदिश्वर थापाको संम्रक्षणमा चलचित्रको निर्माण भएको हो। निर्माण संयोजक एवम् सह निर्देशकको रुपमा रोशन पोख्रेल रहेका छन् भने चलचित्रमा विशाल बिशाल,मिस एस ई ई नेपालगंज प्रोग२०१९ का बिजेता सिमन गिरि,(काब्या) सुजना ढकाल,नीर निर्मल न्यौपाने,शशी बिक्रम थापा,अभिनव श्रेष्ठ,दिपक कोइराला लगाएतको अभिनय रहेको छ।
यस चलचित्रको छायांकन कृष्ण श्रेष्ठले गरेका हुन् । कोरोना भाइरसका कारण रोकिएको रिलिज मिति अब छिटै सार्वजनिक गरिने निर्देशक घिमिरेले जानकारी दिइएका छन् ।निर्माण पक्षले कभर गित प्रतियोगिता गर्ने घोषणा गरिसकेको थियो ।
हेर्नुहोस् गित…