• नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १३:३२

    काठमाडौँ २० साउन: सुनको मूल्य वृद्धि भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार र सोमबार सुन प्रतितोला ९९ हजार ६०० रुपैयाँसम्म पुगेको थियो ।

    चाँदीको मूल्य मंगलबार पनि स्थिर रहेको छ । यस हफ्ता कारोबार सुरुभए संगै एकै मूल्यमा खरिदबिक्री भएकोमा मंगलबार पनि चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ तोकिएको छ । महामारीका कारण सुनको मूल्य अन्तराष्ट्रिय बजारमा बढेकाले नेपाली बजारमा पनि ऐतिहासिक रेकर्ड कायम गरिरहेको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु