• युवा समाजसेवी तामाङ कोभिड–१९ हिरो’अवार्डबाट सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार २१:५८

    काठमाडौं । कोरोना भाइरस कोभिड–१९ विरुद्ध उल्लेखनीय सामाजिक कार्य गरेवापत विगत लामो समयदेखि सामाजिक क्षेत्रमा रहेका युवा व्यवसायी तथा समाजसेवी अककल बहादुर तामाङ(लामा) सम्मानित भएका छन् ।

    अमेरिका स्थित‘हामी नेपाली ग्लोबल’नामक सस्था द्वारा उनलाई‘कोभिड–१९ हिरो’अवार्डबाट सम्मान गरिएको उक्त संस्थाले जनाएको छ ।

    कोरोना भाइरसबाट बच्न काठमाडौ,नुवाकोट,काभ्रे लगाएत बिशेश कपन एरियामा बसोबास गर्ने विपन्न फरकक्षमता भएका व्यक्तिहरु तथा ज्याला मजदुरीगरि दैनिक गुजारा चलाउने व्यक्तिहरुका लागि नि:शुल्क खाद्य सामाग्री वितरण साथै

    बिच बाटोमा अलपत्रपरेका पिडित परिवारहरूलाई उद्धार तथा सहयोग र बचाउन मास्कको प्रयोग गर्न,साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा राख्न लगायतका अभियान पनि चलाइरहेका थिए।

    समाजसेवी तामाङले सामाजिक सञ्जाल फेसबुक,फोन सम्पर्कमा आएको प्राप्त सूचनाका आधारमा सहयोग सामग्री प्रदान गरेका थिए ।

     

    बिगतमा पनि समाजसेवी तामाङले समाज सेवा वापत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्नगिन्ती पुरस्कारबाट सम्मानित पनि भएका छन् । जस्तै जर्मनीमा सन् २०१५ मा‘पाथ टु सक्सेस’ २०१६ मा अमेरिकामा ‘ह्युमनीटेरियन अवाडर्’ तथा २०१६ मा नै दक्षिण कोरियामा ‘भोलेन्टियर अफ दि अवार्ड २०१६’ बाट पुरष्कृत भएका छन् । साथै उनी संविधान दिवसको अवसरमा वितरण गरिने ‘समाजसेवा रत्न पदकबाट समेत सम्मानित भएका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु