
साउन २१, काठमाडौं । नेपाली बजारमा सुनको भाउ पहिलोपटक एक लाख रूपैयाँ नाघेको छ । एकैदिन तोलामा १६०० रूपैयाँले बढेर सुनले नयाँ कीर्तिमा कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ मूल्य अनुसार आज सुनको भाउ एक लाख एक हजार ४०० रूपैयाँ छ। जुन, नेपालको इतिहासमा सुनको मूल्यले कायम गरेको नयाँ कीर्तिमान हो । यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख ९०० रूपैयाँ छ । त्यसैगरी महासंघले चाँदीको मूल्य एक हजार २९५ रूपैयाँ तोकेको छ ।


