• एशियन लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा श्रेष्ठ नियुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार १३:३०

    सुदिप पाण्डे /बुटवल – एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । साउन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो ।

    कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)को चैत २० गते दुई कार्यकाल पुरा भएकोले अर्को व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त निमित्त सीईओ श्रेष्ठले साउन २१ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु