• सवारी साधनमा जोर विजोर प्रणाली लागु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार ०७:३१

    काठमाडौं, २२ साउन । सरकारले आजबाट सवारी साधनमा जोर विजोर प्रणाली लागु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नै यस्तो निर्णय गरेको गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमण दुई सय भन्दा बढि देखिएका जिल्लामा यो प्रणाली लागु हुने बुझिएको छ ।

    गृहले आज जारी गरेको विज्ञप्तीअनुसार साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाबाट सवारीसाधनको आवागमन बन्द गर्न निर्देशन दिईएको छ । त्यस्तै २ सयभन्दा बढी संक्रमित भएका जिल्लाका शहरी ईलाकामा साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्न निर्देशन दिइएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु