विश्व हिन्दू परिषद् नेपालद्वारा दीप प्रज्वलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण २२ गते, बिहीबार ०८:४३

साउन २२, काठमाडौं । भारतको अयोध्यामा राम मन्दिर शिलान्यासका लागि भूमि पुजन भएको खुसियालीमा काठमाडौंको पशुपतिनाथ क्षेत्रमा दिपावली गरिएको छ । बुधबार साँझ विश्व हिन्दू परिषद् नेपालले पशुपतिनाथ क्षेत्रस्थित शंकराचार्य मठ अगाडी दीप प्रज्वलन कार्यक्रम गरेको हो । दीप प्रज्वलन कार्यक्रममा भगवान रामको जयजयकार गरिएको थियो ।

कार्यक्रममा परिषद्का कार्यकर्ता, धार्मिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवि, शुभचिन्तक लगायत उल्लेख्य संख्यामा उपस्थित र्सव साधारणहरुले हर्षोल्लासपूर्वक दीप प्रज्वलन तथा भगवान रामको जयजयकार गरी खुशियाली साटासाट गरेका थिए । परिषद्ले राममन्दिर शिलान्यासको खुशियालीमा उपस्थित सबैलाई लड्डु वितरण गरेको थियो ।

परिषद्ले देशैभरी आफ्ना शाखाहरु तथा अन्य धार्मिकसंस्थाहरुसँग समन्वय गरी दिप प्रज्वलन तथा भजन किर्तन कार्यक्रम आयोजना गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु