• आज थप ३६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार १६:४४

    काठमाडौं । नेपालमा थप ३६० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    सोमबार नियमित प्रेस बृङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

    देशभरका प्रयोगशालामा ६ हजार ६२२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    यसैगरी, आज थप २२३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त भई निको हुनेको संख्या १५ हजार ३८९ पुगेको छ ।

    हाल नेपालमा ६ हजार २९६ जनाकाे विभिन्न अस्पतालकाे आइसोलेशनमा उपचार भइरहेकाे प्रवक्ता डा. गाैतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु