• एसियन लाइफ भलवारी उप-शाखाद्धारा बुटवलमा अभिकर्ता तालिम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार २३:०६

    शिशिर पाण्डे / बुटवल- एसियन लाइफ इन्स्योरेन्स कम्पनीले बुटवलको भलवारी उप-शाखाले आधारभुत अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीको भलवारी उप शाखाले गरेको कार्यक्रममा रुपन्देही लगायत विभिन्न ठाउँबाट ३५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एसियन लाइफका कार्य विभागीय प्रबन्धक कृष्ण कुमार पुरीले अभिकर्ताहरुलाई बिक्री कलाको बारेमा प्रशिक्षण दिएका थिए ।

    बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्यान्डमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बुटवल शाखाका विभागिय प्रबन्धक कृष्ण कुमार पुरी तथा भलवारी उप-शाखाका प्रवन्धक सुदिप पाण्डेले मन्तव्य राखेका थिए ।

    नेपालको उत्कृष्ट नम्बरमा पर्न सफल भएको एसियन लाइफको रुपन्देहीमा ५००० अभिकर्तासहित दुई लाख बढी नागरिकले सेवा लिइरहेको बुटवल शाखाका विभागिय प्रबन्धक कृष्ण कुमार पुरीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु