• गायक ढकालको “कालापानी” नामक म्युजिक भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार ०८:३९

    काठमाडौं २५ साउन
    नेपाली बव मार्लीको रुपमा ख्याति कमाएका चर्चित गायक बिनोद ढकालले ‘शास्त्र‘ व्याण्ड मार्फत आफ्नै शब्द,स्वर तथा संगित रहेको गीत “कालापानी” नामक म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

    होमवर्क रेकर्डस नेपालको प्रस्तुतीमा निर्माण गीतलाई अन्य ब्याण्ड मेम्वर ड्रमसेटमा सुन्दर महर्जन, बैस गितारमा श्याम महर्जन लिड गितारमा दिपेश सिंहले साथ दिएका छन । प्रमोद परियारको एरेन्ज तथा प्रदिप जोशीको मिक्सिङ्गमा तयार भएको गीतको भिडियोलाई निर्देशन स्वयं गायक ढकालले गरेका छन । अरुण अशोक कुमार तथा कुवेर तामाङ्गको छायांकनमा निर्माण यस भिडियो लाई लक्ष्मण सुनारले सम्पादन गरेका हुन।

    राष्ट्रप्रेम भाव देखाइएको यस गितमा गायक तथा शास्त्र बैण्ड मेम्वरहरु लाई देख्न सकिन्छ। अहिलेको जल्दोबल्दो विषय नेपाल भारतको सिमा क्षेत्र लिपुलेल कालापानी भूभाग को विषयमा समेटेर रचित गीतको भिडियो गायक ढकालको आफ्नै युटब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    हेर्नूहोस् पूरा गित

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु