• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार १६:२४

    काठमाडौ, २५ साउन । निरन्तर बढेको सुनको मुल्य आइतबार भने गिरावट आएकोे छ । शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ९ सयले घटेको हो ।

    आज छापावाल सुनको मुल्य १ लाख २ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मुल्य १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्यमा भने ५ रुपैयाँ प्रतितोला बढेर १४ सय १० रुपैयाँमा पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु