• आज थप ३८० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार १६:३८

    काठमाडौं । नेपालमा थप ३८० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    आइतबार नियमित प्रेस बृङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो । योसंगै संक्रमितको संख्या २२ हजार ९१२ पुगेको छ ।

    देशभरका प्रयोगशालामा ८ हजार ५१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    यसैगरी, आज थप ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त भई निको हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु