• मिष्टर एण्ड मिस इम्प्रेशसन सिजन–३ सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार १७:१४

    भरतपुर/मोडलिङका क्षेत्रमा विभिन्न चरणहरुमा आफ्नो कार्यक्रमहरु प्रस्तुत गर्दै आएको दिपा इभेन्टले विगतका वर्षहरुको सिजनहरुलाई मध्यनजर गर्दै कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिमा समेत पूर्ण स्वास्थ्य सतर्कता (अनिवार्य माक्स, सेनिटाइजर, सामाजिक दुरी कायम) का साथ मिष्टर एण्ड मिस इम्प्रेशसन सिजन–३ सम्पन्न गरेको छ ।

    दिपा इभेन्ट प्रा.लि.की प्रबन्ध निर्देशक दिपा पाठकको संयोजकत्वमा सम्पन्न फाइनल प्रतियोगिताको प्रमुख अतिथि युवा व्यवसायी एवं समाजसेवी कपिल सागर कर्माचार्य रहनुभएको थियो । प्रमुख अतिथि कर्माचार्यले समाजले खासै महत्व नदिइएको यस्ता खाले प्रतियोगिताले वास्तवमै युवायुवतीहरुको क्षमता वृद्धि र समाज विकासमा भने महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

    युवा व्यवसायी एवं सञ्चार उद्यमी राकेशमान श्रेष्ठ प्रमुख निर्णायक रहनुभएको प्रतियोगितामा पत्रकार राजु भट्ट, युवा व्यवसायी एवं समाजसेवी उज्जवल के.सी., मिस पिस चितवन–२०१८ की बिजेता सिमरन तिवारी निर्णायकको भूमिका रहनुभएको थियो । १६ जना युवायुवतीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रतियोगिहरुले विभिन्न चरणहरुमा आ–आफ्नो प्रस्तुति दिएका थिए ।

    परिचय राउण्ड, ड्रेस राउण्ड, प्रश्नउत्तर राउण्ड, आयोजकको मूल्याङ्कनको आधारमा बिजेता–उपबिजेताको घोषणा गरिएको थियो । प्रतियोगिता अन्तर्गत निर्णायकको मत र आयोजकको प्रशिक्षण अवधिमा भएको मूल्याङ्कनको आधारमा महिलातर्फ हेमा परियार प्रथम, पूर्णिमा श्रेष्ठ फष्ट रनरअफ, सुप्रिया के.सी. सेकेण्ड रनरअफ भएका थिए । त्यस्तै पुरुषतर्फ सचिन पौडेल बिजेता भएका थिए । त्यस्तैगरी साना बच्चाहरुतर्फ नतिजा अनुसार महिलातर्फ सुप्रिया श्रेष्ठ प्रथम, रोशनी पौडेल दोस्रो, पुरुषतर्फ रोनिकमान श्रेष्ठ प्रथम, इभान देवकोटा दोस्रो भएका थिए । करीब १ महिनादेखि ट्रेनिङ दिइएको प्रतियोगिताको कोरियोग्राफर उडेन ठकुरीले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु