• क्लबलाई खेल सामग्री प्रदान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार २१:५१

    काठमाडौं ।नेपाल बिद्यार्थी संघ,स्याङ्जा काठ्माण्डौ सम्पर्क समितिका अध्यक्ष एबं नेपाली कांग्रेस स्यांग्जाका युवा नेता ईञ्जिनियर दिपेन्द्र क्षेत्रीले वालिङ ११ का दुई वटा क्लबलाई खेल सामग्री प्रदान गर्नुभएको छ ।

    युवा नेता क्षेत्रीले वालिङ ११ तितापानीस्थित शिद्धबाबा युवाक्लब र नवोदय युवाक्लब प्रितिपलाई २÷२ थान भलिबल र १÷१ थान भलिबल नेट उपलब्ध गराउनुभएको हो ।

    युवा वर्गलाई खेलतर्फ आकर्षित गर्दै खेल क्षेत्र र खेलाडीको विकासका लागि आँफू सदैव तत्पर रहेको बताउनुभयो ।

    आफ्नोतर्फबाट अहिले खेल सामग्री वितरण गरेको र आगामी दिनमा अझै सहयोग गर्दै जाने युवा नेता क्षेत्रीले बताउनुभयो ।

    कार्यक्रममा युवा ब्यवसायी शिव पंगेनी, तरुण नेताहरु विशाल पंगेनी, सम्भव अर्याल, सागर थापा, वडा नं. ११ का काँग्रेस नेताहरु भोजराज क्षेत्री, लक्ष्मण कुँवर, रमेश विक, लक्ष्मण रेग्मी, शिद्धबाबा युवाक्लब अध्यक्ष बुद्धबहादुर कुँवर, नवोदय युवाक्लबका सचिव राजु विक लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु