काठमाडाै । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती , १२ वर्षीय छोरा , २ छोरीहरु काे मृत्यु भएको हो । घटनामा उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि सदरमुकाम ल्याइँदैछ ।