भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • विश्वभर एक करोड ३१ लाख सात हजार तीन सय ६० जना कोरोना मुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार ०९:४१

    काठमाडौं, २७ साउन । विश्वभर दुई करोड दुई लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड दुई लाख ४६ हजार पाँच सय ८० नाघेको छ ।

    मंगलबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ३८ हजार ६ सय ९५ पुगेको छ भने एक करोड ३१ लाख सात हजार तीन सय ६० जना कोरोना मुक्त भइसकेका छन् ।

    चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

    अमेरिकामा मात्र एक लाख ६६ हजार एक सय ९२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख एक हजार आठ सय ५७ , भारतमा ४५ हजार तीन सय ५३ जनाले कोरोनाबाट गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो मय मेक्सिकोमा समेत संक्रमणको दर बढ्दै गएको छ ।

    आजसम्म मेक्सिकोमा ५३ हजार तीन जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै सात सय पाँच जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु