• खेल्ने भए प्रदीप, पल, सलोन र नाजिर एकै फिल्ममा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १५:१६

    काठमाडौं । यूवा स्टारहरु एकै ठाउँमा भएको फिल्म सायदै कम छन् । यहि बीचमा आशुसेन फिल्मस्ले अर्को एउटा फिल्म घोषणा गरेको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्म ‘हुतुतु’ घोषणा गरेका हुन् ।

     

    जसमा अनमोल बाहेकका सबै यूवा स्टारहरु समावेश छन् । त्यति मात्र हैन फिल्ममा हरिवंश आचार्यदेखि राजाराम पौडेलसम्मका हाँस्य कलाकारहरु पनि समावेश छन् । हाँस्य विधामा रहेर आशुसेन फिल्मस्ले ‘हुतुतु’ निर्माण गर्न लागिएको हो ।

    निर्माता सन्तोष सेनले पहिलो पटक यति धेरै कलाकारहरुलाई एक साथमा राखेर कमेडी जनराको फिल्म निर्माण गर्न लागेका हुन् । कोरोना कहरका कारण ‘प्रेम गीत ३’ को रिलिज अन्यौल छ । तर पनि निर्माता सेनले आफुले नयाँ दुई फिल्म निर्माण गर्ने तयारी थालेको बताउँदै आएका छन् ।

    फिल्मलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा फिल्मको निर्देशन गर्नेछन् । अर्को वर्षबाट छायांकन सुरु हुने फिल्ममा नाम चलेका कलाकारहरु फाइनल गरिएको उाले बताएका छन् ।

    फिल्ममा हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेनको प्रमुख भूमिका रहनेछ ।

    ठूलो लागतमा निर्माण हुने फिल्मको कथा सन्तोष सेनको हो भने त्यसलाई पटकथामा ढाल्ने काम छेतन गुरुङ र अभिमन्यू निरवीले गरिरहेका छन् ।

    फिल्मका लागि पुरुष कलाकार छनौट भइसके पनि महिला कलाकार चाँडै छनौट गरिने पनि निर्माण टिमले जनाएको छ । कोरोनाको महामारीपछि फिल्म फ्लोरमा जाने बताइएको छ ।

    Source: Filmyfanda.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु