
काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा ६ हजार २ सयले घटेको छ ।
मंगलबार तोलाको १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलाको ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, मंगलबार तोलाको १४ सय ३५ पुगेको चाँदीको २२५ रुपैयाँले घटेर आज १२ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।


