बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

भोलिदेखि बुटवल लकडाउन , हरितालिका तीजमा पनि नखुल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण २८ गते, बुधबार २२:२८

बुटवल- कोरोना संक्रमण समुदायस्तरमा फैलिदै गएपछि बुटवल उप महानगरपालिकाले बुटवल बन्द गर्ने निर्णय गरेको छ । प्रदेश ५ आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको विशेष उपस्थितीमा बुधबार उप मानगरको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले भोलि विहिबार राती ११: ४५ देखि आगामी भाद्र ५ गते राती ११: ४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षता तथा विभिन्न सुरक्षा निकाय, राजनीतिक दल तथा प्रतिनीधिहरुको बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए । लकडाउन अवधिमा अत्यावश्यकीय सेवाका स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी सञ्चालनमा आउन दिइने भएको छ । बुटवल हुँदै चल्ने लामो दुरीका सवारीका साधानलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने, सामान ढुवानीका साधनहरुलाई विशेष सुरक्षा अपनाएर लोड अनलोड गर्न दिइने, उद्योगमा कार्यरत कर्मचारी तथा कामदारहरुलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिइने भएको छ ।

यसैगरी लकडाउन अवधिमा उपमहानगर तथा सबै वडाबाट हुने अत्यावश्यकीय बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत शर्माले दिएको जानकारी अनुसार बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारीका ५० प्रतिशत कर्मचारी मात्रै उपस्थित हुने गरी कार्यालय सञ्चालन गर्न पाउने भएका छन् । लकडाउन अवधिमा सार्वजनिक, नीजि तथा सरकारी सवारीका साधन समेत अत्यावश्यक बाहेक सञ्चालनमा ल्याउन नपाइने उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु