• भर्जिनिया ग्रीन गार्डेन संचालनमा, खाद्य र पेय पदार्थ आयात गर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार ०९:३३

    काठमाडौँ — आयात/नियार्तकर्ता कम्पनी भर्जिनिया ग्रीन गार्डेन प्रा.ली. मंगलबार देखी संचालनमा आएको छ । कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले एक सामन्य औचारिक कार्यक्रम माझ राजधानीको डिल्लिबजार पिपलबोट स्थित कार्यालयमा उद्घाटन समारोह सम्पन्न गरेको हो ।

    उक्त कम्पनीले दुवईस्थित भर्जिनिया ग्रीन गार्डेन फुड एण्ड बेभरेजका सम्पूर्ण सामाग्रीहरु आयात गर्ने कार्य गर्ने कम्पनीका सिईओ उमेश कुमार न्यौपानेले जनाएका छन ।

    स्तरीय सेवा सहित गुणस्तरीय फुड एण्ड बेभरेजहरु उपभोक्तामाझ पुर्याउने उद्देश्यका साथ भर्जिनिया ग्रीन गार्डेन संचालनमा ल्याईएको कम्पनीका अपरेसन डाईरेक्टर अनिता लामाले जनाएकी छिन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु