• काजक्रियाका लागि रकम हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार १६:०१

    ललन कुमार चौरसिया
    रौतहट २९ श्रावण।

    बारा जिल्लाको सिम्रौनगढ निर्धन उत्थान लधुविक्त बित्तिय संस्था लिमिटेड बारा सिम्रौनगढ शाखाले आफ्नो समुह सदस्यका श्रीमानको मृत्यु भए पश्चात् लगत्तै श्रावण २९ गते नै वहाँको घर पुगी परिवारलाई काजक्रियाका लागि खर्च हस्तान्तरण गरेका छन्।

    आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ स्थित जमुनीयामा रहेको समुहकी सदस्य श्रीमती बबित देवी कर्णको श्रीमान् विजय कुमार लाल कर्णलाई आज श्रावण २९ गतेको दिन मृत्यु पश्चात् उनको दाहसंस्कार समेत गर्न आर्थिक समस्या देखेकोले सिम्रौनगढ शाखाका शाखा प्रमुख हसमुदिन मिया,कर्मचारी उजय प्रसाद, समुह सदस्य लगायत स्थानीहरुको उपस्थिति थियो। अभिभावक श्रीमती बबिता देवीलाई १० हजार रकम उपलब्ध गराइएको छ।

    मृतक सदस्य २३ वर्ष देखि संस्थामा अवद्ध रहेको थियो।

    काजक्रिया खर्च विवरण गर्दै शाखा प्रबन्धक मियाले मृतक सदस्य प्रति श्रद्धाञ्जली अर्पण व्यक्त गर्दै परिवार जनप्रती धैर्यधारणा गर्न शक्ति प्रदान होस्। कागज प्रक्रिया पुरा गरी छिटो भन्दा छिटो विमा रकम समेत दिने मियाले जानकारी दिनुभएको थियो। मृतक सदस्यले ३ लाख रूपैयाँ कर्जा लिइएको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु