• पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १७:०९

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।
    शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिए । उनका अनुसार बाराका २ जना, मोरङ र सिरहाका १/१ जनाको मृत्यु भएको हो।

    प्रदेश १ मा ९ जना पुरुष,प्रदेश २ मा ३१ पुरुष र महिला ११ गरी ४२ जना, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना, गण्डकी प्रदेश ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष र ३ महिला गरी १२ जना, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्‍चिममा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु