• परदेशमा पेस्ट्री सेफ हिरो सरोज थापाको गौरबमय पौरखता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार १४:३५

    काठमाडौं। एक दशकअगाडि मात्र पनि नेपालमा खाना पकाउने भान्सेको कुनै इज्जत थिएन। केटी माग्न जादा छोरी दिनसम्म हिचकिचाउंने जमात थियो। यतिखेर समयले परिवर्तन भएको छ। बैदेशिक रोजगारीमा जाने नेपालीहरुले होटल लाइनमा राम्रो पद र तह सम्हालेर दक्ष्यता देखाएका कैयन उदाहरण देखिन थालेपछि नेपालमा पनि यसको महत्व बढेको छ। त्यस उदाहरणमा बैदेशिक रोजगारमा बिभिन्न तह तप्कामा महत्वपूर्ण जिम्मेवारी सम्हालेर मातृभूमि फर्केका शालिन ब्यक्तित्व हुन सरोज थापा हुन।
    संयुक्त अरब इमिरेट्सको पाँच तारे होटलको पेस्ट्री सेफ जस्तो गरिमामय पद सम्हालेका थापा नेपालमा यही क्षेत्रमा क्रियाशील छन् ।
    विदेशका दर्जनौ पाँचतारे होटलमा गहन जिम्मेवारी सम्हाली सकेका थापा आफूले सिकेको ज्ञान र दक्षता आफ्ना चेलाहरुलाई सुम्पन र भावी पुस्तामा राम्रा पेस्ट्री सेफ उत्पादन गर्ने अग्रगामी सोच रहेको वताउंछन्। यिनै थापाको मातहतमा रहेर काम गरेका कयौं नेपाली सेफहरुले स्वदेश तथा विदेशमा समेत गहन जिम्मेवारी सम्हालेर नेपाल र नेपालीको गौरबता बढाइरहेका छन्। थापाको सबैभन्दा ठूलो सन्तुष्टि भनेकै यही हो। आगामी दिनमा नयाँ प्रबिधिका साथ विदेशका तारे होटलहरुको प्रविधि नेपालमा भित्र्याउने र नेपालमै बसेर दक्ष सेफहरु उत्पादन गर्ने थापाको ठूलो मनसाय तथा लक्ष्य छ।

    कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण अन्यौलमा परेको पर्यटन व्यवसायमा केही महिना पश्चात सुधार आउने निश्चित छ। त्यसपछि नेपालमा पाँच तारे होटलहरु उलेख्य रुपमा खोलिने छ। कोरोनाको कारण थला परेको तारे होटल व्यवसायमा थापा जस्ता दक्ष पेस्ट्री सेफको द्रूतगामी आवश्यकता पर्ने भएकोले यसतर्फ होम्मिन तयारी अवस्थामा रहेका छन्।
    नेपालको होटल व्यवसायमा दक्ष जनशक्तिको अभाबका कारण नयाँ खुलेका तारे होटलहरुले भारत तथा अन्य मुलुकबाट मोटो तलब सुबिधा दिएर काम लगाइरहेको अवस्थामा थापा जस्ता पेस्ट्री सेफ हिरो भनेको नेपालका लागि हिरा नै हो। परदेशमा स–सम्मान पटक–पटक सम्पूर्ण सुबिधा दिएर बोलाँउदा पनि अबको बाँकी जीवन आफ्नै मातृभूमिका लागि खर्चने थापाको आदर्श भाव छ । यो कोराना कहरको पेन्डामिक समयमा होटल व्यवसायमा गाह्रो–साह्रो परेको छ। यो समय हामी संयम हुन जरुरी छ, समय अनुकुल हुनासाथ फेरी हामी पहिलाकै स्थितीमा फर्कन सक्छौ । नेपाल पर्यटनका लागि बनेको देश हो । हाम्रो र हाम्रो भावी पुस्ताका लागि भविष्य उज्वल र सुरक्षित हुने थापाको भनाइ छ।
    पेस्ट«ीका अब्बल पेस्ट्री सेफ हिरो सरोज थापाको जन्म विसं.२०४३ साल पुष ३ गते त्रिपुरा सुन्दरी गाउँपालिका धादिङ तल्लो पोखरामा भएको थियो । पिता नारायण थापा र माता चिनी कुमारीको कोखबाट चार दिदी बहिनी पछि जन्मेका परिवारका एक मात्र छोरा हुनाले पनि सानै देखि जिम्मेवारीको बोध थियो। पिता नेपाल आर्मीमा जागिरे र माता गृहणी हुँदा थापाको पारिवारिक अवस्था पनि मध्यम खालको थियो। विसं.२०५४ सालमा गाउँकै श्रीमहेन्द्रोदय हाइ स्कुलबाट एस.एल.सी. पूरा गरेर उच्च शिक्षाका लागि काठमाडौं राजधानी छिरेका थिए। थापाले क्यापस जीवनमा पनि काम गरेर नै आँफै खर्च जुटाएका थिए। काठमाडौंको लैनचौर स्थित सरस्वती क्याम्पसबाट आइकमसम्म अध्ययन गरे र नजिकका दाई (साहिलो बुवाको छोरा) रण बहादुर थापाको सहायतामा नेपालको एक मात्र होटल म्यानेजमेन्ट कलेज न्याथममा अध्ययन गर्ने अबसर पाए । र इन्टर्नका लागि लाजिम्पाटको सांग्रिला होटलमा मौका तथा अबसर पाए। होटल सांग्रिलामा इन्टन गर्ने क्रममा एक फ्रान्सेली पाहुनाले उनको कार्यदक्षता देखेर निकै प्रशंशा गरेका थिए। र तुरुन्त उनलाई मानव संसाधन बिभागले बोलाएर स्थायी स्टाफको रुपमा नियुक्ति दिएको त्यो क्षण तथा पललाई आफ्नो लाइफकै टर्निङ प्वाइन्ट भएको थापाको जिकिर रहेको छ।
    युरोप, अमेरिका तथा अस्ट्रेलियातिर एक दृश्य सेफलाई डाक्टर इन्जिनियरको दर्जासहित मान(–सम्मान मात्र होइन सेवा सुबिधा समेत उपल्ध गराएको हुन्छ। तर,नेपालमा यो अवस्था छैन्। यद्यपि, ढिलै भएपनि क्रमिक रुपमा सेफहरुको महत्व बुझ्न थालिएको छ। जुन खुशीको कुरा हो।
    यसरी थापाले एक्कासी यति राम्रो होटलमा स्थायी रुपमा काम गर्ने मौका पाएपछि केही समय त्यही रहेर सेवा गरे। र उनै दल रणबहादुर थापाको सहायताले पहिलो पटक बैदेशिक रोजगारीको रुपमा सयाम्स होटल अबुदाबी पुगे। सोही होटलबाट शुरु भएको थापाको बैदेशिक रोजगारीको यात्रामा निरन्तरता पाएको थियो। थापाको शालिनता, दक्षता, इमानदारीर दक्ष लिडरसिपका कारण दर्जनभन्दा बढी पाँचतारे होटल र आबुदाबी देखी युरोपका फ्रान्स लगायत कयौं तारे होटलहरुमा थापाले आफ्नो दक्षता देखाउने अबसर पाएको वताए। यो पेशामा लागेर स्वदेश तथा विदेशमा थापाले दर्जनौ गोल्ड मेडल र प्रमाण पत्र पाएका छन्। जुन थापाको काठमाडौंको कलंकीस्थित घरमा सजिएका छन्। सानो उमेरमा धेरै हदसम्मको उपलब्धी हासिल गर्ने नेपाली बिदेशी भूमिमा कमै होलान । थापाको दक्षतालाई कदर गर्दै विश्वका बिभिन्न देशले उनलाई सम्मान गर्दै उनीहरुको पेशागत संस्थामा आजिवन सदस्यता दिलाएका छन्। जसका कारण उनी हरेक बर्ष युरोपका देशहरु जानैपर्ने हुन्छ। उनको यो सफलता चुम्नुमा जिवन संगिनी बुनु खड्काको पनि बिशेष हात छ। उनका हरेक सफतामा उत्साह र उमंग जगाउने उनको जिबन साथी बुनुले हरेक पल पलको खबर राख्छिन र आवश्यता परेका बेला हरेक तबरबाट सहयोग र साथ दिएकी छन्। त्यसैले त उनी पनि सेफ सरोज थापा कामको सिलसिलामा जुन देश पुगेपनि प्राय सबै देशमा उनी पनि पुग्ने मौका पाएकी छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु