• आज थप ४ सय ६८ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार १७:०१

    काठमाडौं, ३१ साउन । नेपालमा कोरोना भाइरसका आज ४ सय ६८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २६ हजार १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म १७ हजार २ सय १ जना संक्रमणमुक्त भएका छन् । आज १२४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु