• पं अच्युतराम भण्डारीको तबला सोलो बादन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार १८:४७

    ३१ श्रावण,काठमाडौं । बरिष्ठ तबला बादक पं अच्युतराम भण्डारीले आज कपन संगीत सरोवरको आयोजनामा तीन रूपक तालमा तबला सोलो बादन प्रस्तुत गर्नु भएको छ ।
    विश्वसंगै नेपाल पनि कोरोना महामारीको प्रभाव परेको बेला आज कपन संगीत सरोवरको आयोजनामा सो तबला बादनको प्रस्तुती गरिएको थियो ।
    फेसबुकको माध्यमद्धारा गरिएको सो प्रत्यक्ष प्रसारणमा पं अच्युतराम भण्डारीले रुपक तालमा आधारित विभिन्न परिकारहरुलाई तबला सोलो बादन द्धारा उत्कृष्ट रुपले प्रस्तुत गर्नु भएको थियो ।
    कोरोनाको महामारीको समयमा समय समयमा नियमित हुने गरेका सांगितिक कार्यक्रमहरु हुन नसकेका समयमा दर्शकहरुले प्रत्यक्ष रुपमा हेर्न र सुन्न नपाए पनि संचारको यो डिजिटल माध्यमले एकपटक सवैलाई सांगितिक रसास्वादन गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु