बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

हंगर रिलिफ क्याम्पेन शुभारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ३२ गते, आईतवार १५:१५

काठमाडौ । फैलिएको कोभिड -१९ ले जनजीवन अस्तव्यस्त बनेको लकडाउन पुर्ण रुपमा खुल्न सकेको छैन । जसका कारण आम विपन्न तथा मजदुरहरुको घरमा चुल्हो नै बल्न छाडिसकेको छ ।

जसका कारण गरिव तथा विपन्न एवं मजदुर परिवारलाई झनै समस्या  बनेपछि विपन्न तथा मजदुरहरुको लागी केही संघसंस्था जुटन थालेका छन ।

सामाजिक उत्तरदायित्वको भावना सहित समाज सेवा गर्ने उदेश्य का साथ ग्यास्ट्रोनोमी लोकल्ली एण्ड ग्लोबल्ली क्याम्पेनका अभियन्ता पछिल्लो समय नेपलिज फुड गुरुबाट सम्मानित सुरेशचन्द्र बस्नेत द्वारा संचालित नेपाली फुडगुरू टिभि सो र लायन्स क्लब अफ काठमाडौ प्रयास नगर को आयोजनामा  बिश्वब्यापी चर्चामा रहेका पेस्ट्री सेफ सरोज थापा र होटल सोल्टीमा कार्यरत सु सेफ नेपाली सन्तुलित आहारका बारेमा कलम चलाउने आर बि बुढाथोकीको आजको आर्थिक  सहयोग सगै आजबाट हंगर रिलिफ  क्याम्पेन शुभारम्भ शुरूवात गरिएको छ।

काठमाडौ गंगवु स्थित भयालि किचेन फयामेली रेस्टुरेन्टमा हरेक आइतबार र बिहीबार दिउँसो १२ देखि ४ बजे अभियान्ता बस्नेत को संयोजकत्वमा भान्से हरूको समुह खाना बनाएर खुवाउने र कुनै आवश्यक भएको ठाउँमा पयाकिङ गरि बितरण गरिने जानकारी छ।

कार्यक्रमको शभारम्भमा ब्राईट स्टार सोसाइटी का सुसिल अधिकारी र वासुदेव अधिकारी लाई टोखा नगर पालिका मेयर प्रकाश अधिकारी ले खानाको पाकेर हस्तान्तरण गरि शुभारम्भ गरियो ।

कार्यक्रम टोखा नगरपालिका १०वडा अध्यक्ष मधुसूदन पाण्डे , ग्यास्ट्रोनोमी एसोसिएसन अफ नेपाल अध्यक्ष नारायण थपलिया लायन्स क्लबका फाउन्डर पेसिडेन्ट अमीत थापा,जोनचियरप्रशन माधव लामिछाने,कोषाध्यक्ष निर्मला तामाङ कोटेश्वर गोलवल भिजनका प्रथम उपाध्यक्ष नारायण वेल्बासे लगाएको उपस्थिति थियोे ।

कार्यक्रममा बोल्दै टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले कोरोना भाइरसका कारण देश नै लामो समय सम्म लकडाउन भयो। लकडाउनका कारण देशका दैनिक र मासिक काम गर्ने मजदुर,निम्न वर्गीय व्यवसायीहरु मर्कामा परेको र सरकारले स्थानिय सरकार मार्फत विभिन्न राहतको प्याकेज मार्फत राहत वितरण गरेका थियो लकडाउन खुकुलो हुँदा हुँदै फेरी पुन माहामारी फैलिएको छ अहिले देशका विभिन्न ठाउँमा निषेधआक्षा जारी छ,यो विषम परिस्थितिमा पनि सेफहरुको समूह र लायन्स कल्ब अफ काठमाडौं प्रयासनगरले चलाएको यो अभियान प्रशंसा गरे।

कार्यक्रम  संयोजक तथा लायन्स क्लब अफ काठमाडौ प्रयास नगर का अध्यक्ष नाजिर हुसैनले   सकरात्मक सन्देशले समाज परीबर्तन गर्न टेवा पुग्ने गरि क्याम्पेन चलाइने  बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु