पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • सिन्धुपाल्चोकको पहिरो पीडितको राहत र पुनस्र्थापनाबारे सभामुख–गृहमन्त्री छलफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार २०:१८

    काठमाण्डौ, ३२ साउन ।
    सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा बादलबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनस्र्थापनाका विषयमा छलफल भएको छ ।

    आज सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले जिल्लामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको र एक सयभन्दा बढी घरपरिवार विस्थापित भएकोले उनीहरुलाई पुनस्र्थापित गर्ने विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउनुुभयो ।
    त्यस अवसरमा उहाँले ०७१ साउन १७ गते गएको जुरे पहिरोका पीडितका लागि सर्वसाधारणबाट उठेको सहयोग रकम वितरणको लागि निर्णय गर्न भइरहेको ढिलाइबारे चासो राख्नुभएको थियो ।

    गृहमन्त्री थापाले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई आर्थिक राहत प्रदान गरिने र बिस्थापितको पुनस्र्थापनाका लागि छिटोभन्दा छिटो काम थालिने जानकारी दिनुभयो ।
    साथै, गृहमन्त्री थापाले जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट उठेको रकम वितरणसम्बन्धी निर्णयका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
    यही साउन ३० गते सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदिमा गएको पहिरोमा परेका ३९ जनामध्ये आइतबार साँझसम्म १९ जनाको शव फेला परेको छ ।

    त्यसअघि गत असार २४ गते राति गएको पहिरोमा परी बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको बुल्कुटे, असार ३१ गते बिहान खसेको पहिरोले भोटेकोशी गाउँपालिकाको फुल्पिङमा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

    आजै सभामुख सापकोटाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग जोखिममा रहेका सिन्धुपाल्चोकका लिदि, नाम्फा लगायतका बस्ती स्थानान्तरणको काम थाल्नेबारे छलफल गर्नुभएको छ ।
    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थलगत अध्ययनका लागि भूगर्भविद्सहितको टोली पठाई विस्थापितको पुनस्र्थापना एवं बस्ती स्थानान्तरण सम्बन्धमा प्रतिवेदन तयार गर्ने योजना बनाइसकिएको र छिट्टै प्रभावित क्षेत्रमा पठाइने जानकारी गराउनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु