पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • गायक तथा संगीतकार कन्काईष्टले ल्याए नेपालमै पहिलोटक थ्रि.डि. भर्सन ‘फिदा छु तिम्रो रुपको’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार २०:३२

    काठमाडौ ।गायक तथा संगीतकार कन्काईष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा नेपालमै पहिलापटक थ्रिडि प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ ।

    अर्जुन पौडेलको शब्द मीन बिष्टको संगीत र कुमार थापामगरको एरेन्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
    यस गीतको लिरिकल भिडियोलाइ थ्रि. डि नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । र सार्वजनिक भिडियोको विष्ट स्वयंमको दृश्य तथा परिकल्पना रहेको छ ।

    नेपाली गीत संगीतमा थ्रि. डि. एवं ध्वनी मिश्रणहरुको प्रयोग नभएको कारण यस गीतमा पहिलोपटक अडियालाइ थ्रि डि मिश्रणहरुको प्रयोग गरिएको हो । यस्तो गीतलाइ एयरफोनको माध्यमबाट सुन्दा निक्कै आनन्द आउने टिमले बताएका छन ।

    दुई दशकभन्दा अगाडिबाट सांगीतिक क्षेत्रमा सकृय रहेका गाएक तथा संगीतकार कन्काइष्ट राईले तिम्ले माया लाउदा,मुटुभित्र देउन मलाइ बाँस,अरुकै सिन्दुरले सजिए पनि , काठमाडौको मायै महंगो लगायत थुप्रै चर्चित गीतहरु बजारमा ल्याएर श्रोताहरुको मन जितिसकेका छन ।
    साथै उनको राजधानिको नक्सालस्थित भर्जिन रेकर्डिङ स्टुडियो सन्चालनमा रहेको छ ।

    सार्वजनिक यस गीतको पनि चाडै भिडियो निर्माण गरिने र यस गीतले पनि दर्शक श्रोताको मन जित्ने राईको बिश्वाससमेत रहेको छ ।

    भिडियो लिङक

    https://www.facebook.com/watch/?v=4113426225397742

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु