• अगष्टभरि बाढीपहिराेको जोखिम, सेप्टेम्बर लागेपछि विस्तारै कम हुँदै जाने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार ०७:४८

    काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले मनसुन कमजोर रहे पनि हल्कादेखि मध्यम वर्षा हुने भएकाले अगष्ट महिनाभरि नै जोखिम कायमै रहेको जनाएको छ । सेप्टेम्बर लागेपछि भने विस्तारै कम हुँदै जाने जनाइएको छ ।
    यसपाली सेप्टेम्बर २३ मा मनसुन सकिन्छ । त्यस बेलासम्म कुनै न कुनै जोखिम रहने तर अगष्टपछि विस्तारै कम हुँदै जाने मौसमविद् शान्ति कँडेलले बताए । आइतबार मुलुकभर नै मौसम बदली छ ।उनका अनुसार आइतबार पश्चिम नेपालका कास्की, जुम्ला र सुर्खेतका केही भेगमा पानी परिरहेको छ ।

    “मुलुकभर नै मौसम बदली छ, सातै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ, राति र भोलि पनि त्यो क्रम जारी हुन्छ”, मौसमविद् कँडेलले भने, “लगातारको झरी नपरे पनि औसतभन्दा बढी पानी परिसकेकाले सामान्य वर्षाले नै बाढी, पहिरोको जोखिम हुन्छ ।” उनका अनुसार अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणतर्फ सरेको छ तर बङ्गालको खाडीमा एउटा न्यूनचापीय क्षेत्र बनेकाले त्यहाँबाट जल वाष्पयुक्त हावा नेपाल प्रवेश गरेको कँडेलले राससलाई जानकारी दिए । उनका अनुसार सोमबार रातिदेखि भने अहिलेभन्दा वर्षा केही बढ्ने छ । लगातारको झरी भने हुने छैन ।

    Source: Janasawal.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु