• सामाजिक अभियान्ता बजगाईको मौलिक तीज गीत“कालुको माया”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार ०८:५७

    काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अबसर लक्ष्यित गरि हरेक दिन नयाँ तिज गित सार्बजनिक भएका छन्।

    यसैक्रममा सामाजिक अभियान्ता,सञ्चारकर्मी लोकगायक सन्तोष बजगाईको मौलिक तीज गीत“कालुको माया”सार्वजनिक भएको छ।

    तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् ।उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा आफ्नै कला संस्कृती र मौलिकताको जगेनार्थ तयार पारी परम्परामा आधारित नेपाली महिलाहरूको वास्तविक अवस्थालाई बजगाईले गीतमा समेटिएको छ।

    उक्त गीतमा सिलवाल फिल्म प्रालिको बजार व्यवस्थापनमा आएको यो गीतमा बर्षा शिलवाल र सन्तोष बजगाईको आवाज रहेको छ भने सन्तोष बजगाई कै शब्द,संगीत रहेको छ ।

    गीतलाई गौरब गिरीले एरेन्ज गरेका हुन् भने देबराज परियारको निर्देशन रहेको गीतमा प्रकाश दर्लामीको छायांकन,प्रदिप दाहालको सम्पादन रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा भुवन,प्रकृती,प्रजिता,प्रकाश स्वस्तिका आदिको अभिनय गरेका छन् ।

    हेर्नुस् भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु