
काठमाडौ ।नेपालमा थप १ हजार १६ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
सोमबार नियमित प्रेस बृङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो । योसंगै संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।
यसैगरी, पछिल्लो २४ घन्टामा थप ८५ जना कोरोना संक्रण मुक्त भएका छन् । योसंगै संक्रमण मुक्त भई निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।
यस्तै, देशभर १० हजार ५६३ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।


