
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको छ। योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।
मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक /एक जना पुरुष र तनहुँकी एक महिला छन् ।


