दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विपिन कार्की ग्लेसियर इन्टरनेसनल स्कुल एवं कलेजको ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र ३ गते, बुधबार १९:२५

काठमाडौं, ३ भदौ । बानेश्वर शान्तिनगरस्थित् ग्लेसियर इन्टरनेसनल स्कुल एबं कलेजले नेपाली सिने जगतका चर्चित अभिनेता बिपिन कार्कीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ।छड्के, जात्रा, जात्रै जात्रा, गोपी, सेल्फी किङ, पशुपतिप्रसाद जस्ता चर्चित चलचित्रहरुमा आफ्नो अब्बल अभिनयका साथ दर्शकमाझ लोकप्रिय अभिनेता बिपिन कार्कीलाई भाद्र १ गतेदेखि लागू हुने गरि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको कलेज तथा स्कूल व्यवस्थापक समितिले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
कलेजका प्रिन्सिपल दिवश शाक्यले शिक्षा क्षेत्रमा मनोरञ्जन र कला क्षेत्रलाई पनि जोड्नुपर्ने आवश्यकत्ता औल्याउँदै नायक कार्कीले आफ्नो भूमिका खरो रुपमा निभाउने विश्वास दिलाएका थिए । उनले नायक कार्कीलाई ब्राण्ड एम्बेस्डर बनाउन पाउनु स्कुल एवं कलेजको लागि पनि गौरवको विषय भएको बताए । शाक्यले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गर्दा मारमा परेका पत्रकारका पाँच जना छोराछोरी र कलाकारका पाँच जना छोराछोरीलाई निःशुल्क पढाईनेपनि जानकारी दिएका थिए ।
कार्यक्रममा एशोसिएट प्रोफेसर सरोज मिश्रले फिल्म एक्टरहरुको फलोअर्स धेरै हुने सुनाउँदै नायक कार्कीले सही कुरालाई सही र गलत कुरालाई गलत भनेरस्कूल तथा कलेज व्यवस्थापनलाई सल्लाहसुझाव दिनुपर्ने बताए ।

कार्यक्रममा नायक कार्कीले कलेजको ब्राण्ड एम्बेस्डर बन्न पाएकोमा खुशी व्यक्त गरे । र, उनले शिक्षा क्षेत्रमा कला क्षेत्रलाई सम्मान गरिएको महशुस भएको पनि बताएका थिए ।

कार्यक्रमको सभापतित्व स्कुल तथा कलेज सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार विष्टले गरेका थिए भने कार्यक्रमको सञ्चालन कलेजका भाईस प्रिन्सिपल रेगन प्रसाईले गरेका थिए । स्कुल तथा कलेजको ब्राण्ड एम्बेस्डरको भूमिका रहने नायक कार्कीले विद्यार्थीहरुको क्षमता अभिवृद्धि र उनीहरुको हौसला बढाउने भूमिका निर्वाह गर्नेपनि व्यवस्थापक समितिले विश्वास लिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु