• हेर्नुस् के छ आजको जल तथा मौसम पूर्वानुमान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार ०९:०७

    काठमाडौं, भदौ ४ । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली कायमै रहने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ ।

    अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १,प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका केही स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसोसम्म देशभरको मौसममा सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १र२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

    त्यस्तै बिहिबार रातीसम्म बदली कायमै रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १र२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु