• नेपाली समाजमा तीज को महत्त्व

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १५:१३

    लोक बहादुर पुडासैनी

    नुवाकोट देवीघाट ।

    आठार पुराण मध्ये एक पुराण स्कन्दपुराण जसलाई श्री सोस्थानि बर्त कथा भनिन्छ । स्वस्थानी मा वर्णन भएअनुसार दक्ष प्रजापतिको घरमा ठूलो धार्मिक येगे साला लगाइएको थियो । नारद घुम्दै त्यहाँ पुगेछन् श्री महादेव र सती देवी तो यज्ञ मा नदेखे पछि सरासर कैलाश पर्वत मा गएर एक गाउँमा नदेखिएपछि सरासर कैलाश पर्वतमा गएर दक्ष प्रजापतिको यज्ञ शाला मा हजुरहरुलाई देखिएन दक्ष प्रजापतिको २७ वटै छोरीहरु मध्ये २६ वटा देखियो सती अर्थात् हजुर लाई देखिएन भनेपछि सती देवीले बाबा आमाले लगाइएको येग कुण्डमा हामफालेर देहत्याग गरिन । त्यही बेला देखि चेलीबेटी हरुलाई अनिवार्य डाक बोलऊ गर्ने प्रचलन चली आएको हो।

     

    त्यही सती हिमालय पर्वतकी श्रीमती मेनुका को गर्व मा बास लिइन पछील्लो जन्ममा तिनै सती देवी पार्वती भएर जन्मिन यही तीज को हरितालिका व्रत बसेर महादेव स्वामी पाउँ भनी स्कन्द पुराणमा वर्णन गरेको पाइन्छ यसमा माइती ले जुनसुकै चाडपर्व मा बोलाउन पर्ने, श्रीमान को अपमान भएको सहन नसक्ने कुरा छर्लङ्ग हुन्छ । तिहार पछि चेलीबेटी सम्झने मुख्य चाड तीज हो “दशैं र तिहार म आफैं आउला तीजमा डाके है…” भनेर गीत गाउने प्रचलन छ । त्यति खेर अंकको ज्ञान वा आविष्कार नभएर होला वेदको छ अङ्ग मध्ये ज्योतिष विज्ञानमा दक्ष प्रजापति का २७ वटा छोरी को नामबाट २७ नक्षत्र जुराइयो पछि जो भन्ने शब्द बाँकी रहेकोले अभिजित नक्षत्र बन्न पुग्यो समग्रमा भन्दा तीज पर्व हिन्दु नारीको महान् चाड हो ।

     

    आज भाद्र प्रतिपदा र द्वितीय तिथि एकै दिन परेको ले दर खाइन्छ । दरको अर्थ आडिलो मिठो भोलि पल्ट सम्म भोक नलाग्ने क्यालोरी युक्त चीज खाने भन्ने बुझिन्छ तर यसपालि भने २०१९-२० सालको जस्तो औलो को डरले (लामखुट्टे ले सार्ने रोग) भित्री मधेस, तराई, चितवन तिर वैशाख देखि असोज कार्तिक सम्म औँलो उन्मूलन गर्न औषधि छर्ने कार्य भएकोले बाहिर हिँडडुल गर्न प्रतिबंध गरिएको थियो । यसपाली पनि ठीक त्यसै गरी चैत ६-११ देखि घोषित अघोषित कोरोना कहरको कारणले देश बन्दा बन्दीमा छ । सबै धर्म सम्प्रदाय भूगोल कोरोना कहरबाट आक्रान्त छ । नजिकका छिटपुट चेलीबेटी बाहेक ज्यू रहे घ्यू खान पाइन्छ भनेर कोई पनि माइत मावली गएको देखिन्न । सरकारले पनि घरमै बस्नु भनेर उर्दी जारी गरिसेको छ । विज्ञान को चमत्कार ले गर्दा भाइबर इन्टरनेट को माध्यमबाट आफ्ना बा आमा सँग चेलीबेटी ले कुराकनी गरेका छन् । तर भौतिक रुपमा भने धेरै टाढा बनाएको छ ।यो बाध्यतावश हाम्रो यो पुस्ताले भोगोको सन्त्रासमय वातावरण हो ।
    यसो भनौं तीज नेपाली नारीको भव्य र सभ्य पर्व हो । यस पर्वमा वर्ष भरि जानीनजानी भएका पापहरू पखाल्न दतिवन कुश तुलसी पत्र जौ तिल आदि को प्रयोग गरी नजिकका जलाशय मा स्नान गरी नाचगान गर्दै घर फर्कने पर्व ऋषिपञ्चमी हो ।यस वर्ष भदौ चार गते दर खाने पाँच गते व्रत बस्ने ६ गते गणेश चौथी र सातगते ऋषिपञ्चमी हो । पञ्चमी को दिन माथि उल्लेख गरेको सामग्री के नुहाएर सप्तऋषिको पूजा गरेर नाचगान गर्दै घर फिर्ने चलन छ । घरमा आएर धेरै जसोले गाबा र भात खाने चलन छ गाँबा भिटामिन ए को स्रोत पनि हो । रजस्वला बन्द भएका महिला हरुले आफूले प्रयोग गर्ने श्रृंगार का सामान जोरजाम गरी पुरोहित बोलाएर पञ्चमी थन्काउने चलन पनि छ । यदि कोही महिला रजस्वला हुँदाहुँदै को बखतमा मृत्यु भयो भने श्रीमानले पञ्चमी थन्काउने चलन पनि छ भन्नुहुन्छ वरिष्ठ पुरोहित तथा देवीघाट जेष्ठ नागरिक संरक्षण का इन्चार्ज रामप्रसाद दाहाल ।

     

    तीज पर्व समाजको दर्पण पनि हो । ऐना मा जे हेर्यो त्यो देखे झैं आमादिदिबहि नी हरुले यो पर्वमा समाजको यथार्थ चित्रण, सासुको खटनपटन श्रीमानले सौता हालेको , स्वामी ले माया नगरेको जस्ता कुराहरूलाई मुक्त कण्ठ ले लोकभाका मा गीत गाउँद छन् त्यसलाई तीज गीत भन्दछन् ।

    “कहाँ मा जान्छौ रानी चरी बगल बरीलै भगवान लाई भेटन
    भगवान लाई भेट्न केको पावर चाइन्छ बरीलै फूलपाती अक्षता ।
    कहाँ मा बस्छन ती भगवान बरीलै चार कुने जगिय
    तलामा चौकी माथिमा चंदुवा भगवान बीचैमा
    तीजको चेली माइत मा आइछु के मागौं वरदान बरीलै के मागौं वरदान
    सारामा जगत् कल्याण हाओस यही माग्छु वरदान ।”

    पछिल्लो समय का तीजगीत संस्कृति भन्दा बढी विकृति होकी जस्तो लाग्न थालेको छ यो तीज गीत मा पनि मनोरञ्जन व्यापार छाडापन्ती मा गएको पाइन्छ । पछिल्लो समय तीज गीत हरु मा बिकृति त आएको नै छ यसमा लोग्ने मान्छेहरु पनि नाच्न थालेका छन् भने गाउन पनि थालेका छन् यस्तै सेलिवेटी गायिका कोमल ओलिको पोइल जान पाम् ,पोई पाइयोस् भनेर गीत गाउने ,अन्य गीतहरुको यसपालिको तिजमा ढल्केर नाचिन्छ बरु कम्मर भाँचे नि भाँचिन्छ,मलाई त मनपर्यो तल्ला घरे ठुले, जस्ता गीतहरु चाहिँ अलि छाडापन तिर गएको हो कि जस्तो लाग्न थालेको छ । दुर्गेश थापाको र्याप पप गीत “बाँच्नु पर्छ कोरोना जितेर लाइदेउ सारी पोहोरकै झिकेर माछो माछो भ्यागतो यसपालि को तीज एउटा फोटो खिच” । र्याप पप गीतले केही सन्देश दिन खोजें पनि तीजकै लय मा भने शब्द संगीत स्खलित भाको देखिन्छ । केवल यसले क्षणिक आनन्द मात्र दिन्छ । तिर्थकुमारी खाती, हरिदेवी कोइराला, सावित्री साह, बिमाकुमारी दुरा, सावित्री साह, माया गुरुङ्ग जस्ता गायिका ले गायका पुराना तीज गीत मार्मिक र सभ्य शब्द संयोजन ठेट लय विधान समात्न सकेको छैन आजभोलि का गीतहरूले पुराना गीत अब्बल दर्जाका छन् भन्नु हुन्छ जनसहभागिता आधारभूत विद्यालय का सहायक प्राचार्य महेन्द्र बहादुर पुडासैनी ।

    अन्तमा यो छोटो तीज सम्बन्धी लेखमा समग्र कुरा समेट्न नसके पनि तीज हाम्रो आधा आकाश बोक्ने महतत्वपूर्ण पर्व हो, नेपाल लगायत विश्वमा रहेका हिन्दु महिलाले यो पर्व मनाउँदछन्। यो तीज पर्व संस्कृति हो यो छ नेपाल र नेपालीको संस्कृति जीवन्त छ । नारी बिना को सन्सार र पुरुष बिनाको पौरख कल्पना पनि गर्न सकिँदैन तिजबिनको नेपाली पन खल्लो हुन्छ तीजलाई सभ्य बनाउनु पर्दछ । तिजमा तडकभडक गर्नु हुन्न । तिजमा गाउने केही गितका केही अंश हरु आदरणीय पाठक हरु माझ यहाँ प्रस्तुत गर्न चाहन्छु ।

    १) लेक फुल्यो लालीगुराँस वेशी फुल्यो टुनी बरीलै
    जनमै किन हेपिएको यो छोरी को जुनी बरीलै

    २) पढाइदिए हामी पनि आई ए बि ए पड्नेछौं
    छोराले झैं छोरी पनि अघि बढ्नेछौं

    ३) अङ्ग्रेजीमा माग्नु भयो स्वामी जी ले वाटर
    नचिनेर दिए मैले काचो कटहर

    ४) हंगेरी को संसद मा महिलाको बहुमत
    नेपालमा नि हामीहरू गर्छौं कसरत

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु