प्रतिभा छ प्लेटफर्म छैन’ अपाङ्गता प्रतिभा २०७७ को अनलाइन अडिसन शुरू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र ५, शुक्रबार १४:४०
काठमाडौं । नेपालमा फरक क्षमता भएका व्यक्तिहरुका लागि हुने अपाङ्गता प्रतिभा २०७७को अडिशन अनलाइन गर्ने जानकारी गरेको छ । बिश्वब्यापी फैलिएको कोरोनाको महामारीलाई मध्ये नजर गरि अपाङ्गता प्रतिभा २०७७ को अडिसन अनलाइन मार्फत यहि १४ अगस्ट देखि २१ अक्टुवर सम्म हुँदै छ ।
अवार्डमा सहभागिता जनाउनको लागि देशका सातैवटा प्रतिभाहरु छनौट गरी अवार्डको भब्य समारोह बिच फाइनल काठमाडौंमा गरिनेछ।
अवार्डमा सहभागिता जनाउनेले नृत्य,गायन,चित्रकला,हस्तकला,प्रस्तुत गर्न सकिनेछ,जसलाई उत्कृष्ट प्रतिस्पर्धाका आधारमा विजेता घोषणा गराईनेछ । विजेताले एक लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पनि पाउने  अवार्ड कार्यक्रम संयोजक तथा व्यवस्थापन विश्व साइकल यात्री चित्र पौडेल सह संयोजक रश्मि शाक्यले जानकारी दिनु भयो ।
अडिसनमा सहभागीताको लागि इच्छुकले :-
फेसबुक पेज:- Disabilitytalent 2020
इमेल : – chitrakelsang@gmail.com
सम्पर्क :- 9845411165, 9863457035
सिधै फोन गरि नाम टिपाएर अडिसनको प्रक्रिया अनुसार अभिनय गरेर वा भिडियो बनाएर पठाई सहभागी हुन सकिन्छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु