• आज थप ८३८ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार १६:५३

    काठमाडौं ।नेपालमा थप ८३८ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    शुक्रबार नियमित प्रेस बृङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९२ महिला र ५४६ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज १३ हजार ५७९ नमुना परिक्षण गरिएकोमा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसंगै संक्रमितको संख्या ३० हजार ४९३ पुगेको छ ।

    यसैगरी, पछिल्लो २४ घन्टामा थप २५० जना कोरोना संक्रण मुक्त भएका छन् । योसंगै संक्रमण मुक्त भई निको हुनेको संख्या १८ हजार २१४ सय पुगेको छ ।

    यस्तै, देशभर १२ हजार १३२ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु