• निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौँ सुनसान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १८:१०

    काठमाडौ ।कोरोना भाइरसको संक्रमण बढेपछि लगाइएको निषेधाज्ञाको तेस्रो दिन शनिवार पनि काठमडौं उपत्यका सुनसान बनेको छ । अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । सरकारले पुनः निषेधाज्ञाको घोषणा गरेसँगै उपत्यकामा चकमन्न बन्दै आएको छ। अघिल्ला दिनहरू बैङ्कलगायत अत्यावश्यक सेवा कार्यालय खुलेका थिए ।

    त्यहाँ कार्यरत कर्मचारीहरू ओहोरदोहोर गर्दा सडकमा केही फाट्टफुट्ट सवारी देखिन्थे । तर शनिवार ती कार्यालय बन्द हुँदा अरू दिनको तुलनामा काठमाडौँ उपत्यका थप सुनसान देखिन्छ । सडकमा अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन फाट्ट फुट्ट चलेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु