भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • छाउ नहुने एउटा योनिको कथा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार १२:१५

    रूपा थापा नुवाकोट।

    जव थोरै बालापनले छोडेर भरिन थाल्थे गुलावि रंगहरु गालामा त्यहि गुलावि उमेरका गुलावि रङहरु चढ्नु भन्दा अगाडि बग्नु पर्थ्येा ।

    मेरा पाठेघर हुदै मेरो योनिवाट छाउका गुलाविरंगहरु प्रकृतिले रोक्न नसक्ने त्यो गजवको छाउ मेरिआमा र दिदिले सहेको त्यो छाउको पिडा मैले पनि सहनु पथ्र्येा रे।

    आमा वर्षा याममा रोपाइवाट घर फर्किदा सुकाएका ति टालाहरु त्यसरि नै सुकिरहन्थे आमा नफर्किए सम्म सवै कपडा उठाइदिने म मात्र त्यो टालो किन उठाइदिन्नथे।आमालाइ भन्थे छया तिम्रो फोहरि टालो तिमि आफै उठाउ आमाले भन्थिन एक दिन तैले पनि थाहा पाउलिस प्रत्येक महिना वग्ने यो रगतहरुको पिडा म भन्ने गर्थे।

    आमा त्यो मन्दिरमा कहिले छाउ नहुने ति देविहरु संग म पनि आसिर्वाद माग्छु नि कैले पनि छाउ नहुनि ठट्टा थियो या मेरो अवुझ पन समएका फिरफिरे हरु उड्दै थिए रङहरु थोरै चढ्दै थिए।

    तर मेरो शरिरमा किन चढ्न सकेन गुलावि उमेरमा गुलावि रङहरु सङ्गिहरुले प्रत्येक महिना छाउका पिडाहरु सुनाउदाकिन वग्दैन थिए।

    मेरो पाठेघर हुदै मेरो योनिवाट छाउका राता रङहरु सोच्ने गर्थे कतै मेरो शरिर प्रकृतिको निएमसंग रुष्ठ त थिए ।नया तिनै देविहरुले मलाइ आसिर्वाद पो दिए कि कत्तै मेरो शरिर पनि एउटा देवि पो थिइन। कि नत्र किन चढ्दैनन थिए गुलावि उमेरमा पनि मेरा गालामा गुलावि रङहरु किन वग्दैन थिए।

    मेरा योनिवाट प्रत्येक महिना छाउका ति राता रङहरु जीन्दगीको एउटा टर्नर सिन्ड्रोम जुन मलाइ बडो गज्जव लाग्छ छोरिलाइ मात्र लाग्ने पाच हजार छोरिको जन्ममा एउटा छोरिलाइ लाग्ने अर्थात त्यो पाच हजार मध्य एक मलाइ नै रोजेछ।

    त्यो टर्नर सिन्ड्रोमले प्रकृतिलाइ चुनौति दिने मेरो शरिर विज्ञानको प्रयोगशालवाट सम्भव थियो
    त्यो छाउका रङहरु प्रत्येक महिना वगाउन छाउ नहुने एउटा योनिको कथा।

    जहा मलाइ पुर्ण अधिकार थियो छाउ हुने कि नहुने मैले नचाहेमा मेरा योनिवाट कैले पनि वग्न सक्दैन थिए छाउका रङहरु तर प्रत्येक महिना आफ्ना छाउ रोक्न नसक्ने ति योनिहरु कहिले छाउ गोठमा निस्सासिएर कहिले सर्पले डसेर
    कहिले चिसोले कठयाङ्गिएर अनि कहिले शिकार हुदा बलात्कारको मिल्थ्यो भने सापटि दिन्थे। नि मेरो शरिर अनि मेरो छाउ नभएको योनि छाउ संग रिसाउने तिम्रा देवता छाउ भएको त्यो योनिलाइ बलात्कार गरि त्यो मान्छे घर भित्र जादा साच्चि किन रिसाउदैनन तिम्रा देवता
    तिम्रा छाउसंग रिसाउने तिम्रा देवताहरू रिसाएर
    किन बगाउन सक्दैनन।

    मेरा याेनिबाट छाउका रङहरू छाउ गोठको प्रत्येक महिना छाउ भएर वग्ने ति रगतहरुसंग म्रृत्युलाइ अंगालेको समाचारहरु प्रत्येक महिना समाचारका पानाहरुमा आउदा साएद मैले बदल्न सक्ने भए। कहिले छाउ नहुने मेरो योनिलाइ सापटि दिएर तिमिले पुज्ने त्यहि देविहरु झै जो कहिले छाउ हुदैनन आज ऋषि पञ्चमी ।

    महिलाहरुले आफ्नै शरिर भित्रको प्राकृतिक प्रकृयालाइ पापको रुपमा लिएर पाप कटाउनु पर्ने रे ? अव बहस गर्नु पर्ने बेला भएन।
    र यस तर्फ महिनावारी डर हैन न त पाप नै हो ?बरू ऋषि पञ्चमीलाइ महिनावरि सम्वन्धि स्वच्छता र सकारात्मक ज्ञान दिने पर्वकाे रूपमा मनाउ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु