• भदौ १४ सम्म जिल्लाभरी थपियो लकडाउन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार १५:१९

    बुटवल -गएको साउन २९ गते राती १२ बजे राती देखि बुटवलमा जारी गरिएको लकडाउन थप एक साता सम्मका लागी बढाईएको छ ।बुटवलमा कोरोनाको जोखिम बढेपछि कडाईका साथ जारी गरी गरिएको लक डाउन थप एक साताका लागि बढाईएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

    अहिले थप गरीएको लकडाउन भने रुपन्देहीका सबै पालिकामा कडाईका साथ कार्यान्वयन हुने गरि निर्णय गरिएको छ । केहीबेर अघि सम्पन्न जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिमसिसि)को अपरान्ह सम्पन्न बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्इम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरिएको नगरप्रमुख शिवराज सुवेदीले बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता तथा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको आतिथ्यतामा सम्पन्न बैठकमा, सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरिएको हो ।

    आगामी १४ गते राती १२ बजे सम्म लकडाउन गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । यस अघि रुपन्देहीका अलग अलग पालिका र जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आ आफ्नै ढंगले लकडाउन गर्ने निर्णय गरेकोमा यस पटक भने सबैले एकरुपताका साथ लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पन्थले बताए। लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक कुनैपनि सवारीसाधन सन्चालन, पसल खोल्न तथा हिडडुल गर्न निषेध गरिएको छ । यसपटकको लकडाउन भने पहिले भन्दा थप कडाई हुने जनाइएको छ ।

    पछिल्ला केहि दिन यता बुटवलका बिभिन्न स्थानमा गरिएको परिक्षणमा बुटवलमा मात्र १ सय २७  जना तथा रुपन्देही भरीमा ६३१जना भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएपछि  लकडाउनको म्याद बढाउन दवाव बढदै गएको थियो ।संघिय सरकारको कोभिड नियन्त्रण तथा रोकथाम केन्द्र सिसिएमसिको बैठकमा समेत बिरगन्ज बुटवल र नेपालगन्ज लाई कोरोनाको जोखिम रहेको भन्दै सजगता अपनाउनु पर्ने भन्दै छलफल समेत भएको बुझिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु