दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नुवाकोटमा संक्रमितको संख्या ७६ पुग्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र ७ गते, आईतवार १९:३५

नुवाकोट । नुवाकोटका थप २ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा लिखु गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार लिखु गाउँपालिकाका २४ र ४७ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

खनालका अनुसार हेटौडामा गरिएको पिसिआर परिक्षणमा उनीहरुको रिर्पाट पोजेटिभ देखिएको बताइएको छ । उनीहरु दुबै जना त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

जसमध्ये उपचार पश्चात ६२ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै विभिन्न स्वास्थ्य संस्थामा १४ जना उपचाररत रहेको स्वास्थ कार्यालय नुवाकोटले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु