भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • डब्लुएचओ को अनुसार यस्तो छ, विश्वभर कोरोना पछिल्लो अपडेट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार ०८:३९

    काठमाडौं, भदौ ९ । विश्वभर कोरोना सक्रमितको संख्या झण्डै दुई करोड ३८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख सात सय ४३ पुगेको छ ।

    त्यस्तै,आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख १६ हजार पाँच सय ३५ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६३ लाख ४७ हजार नौ सय २३ नाघेको छ ।

    गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

    अमेरिकामा मात्र एक लाख ८१ हजार ९७ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । सोमबार मात्रै अमेरिकामा चार सय ९३ जनाको कोरोेनाबाट मृत्यु भएको छ ।

    त्यस्तै,ब्राजिलमा एक लाख १५ हजार चार सय ५१ जनाको ज्यान गएको छ । सोमबार ब्राजिलमा कोरोनाबाट ६ सय ७९ जनाले ज्यान गुमाए । भारतमा ५८ हजार पाँच ४६ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।सोमबार भारतमा कोरोनाबाट आठ सय ५४ जनाले ज्यान गुमाए ।

    आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    हालसम्म १८ हजार आठ सय ६ जनाले कोरोना जितेका छन भने एक सय५७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
    (रिपोर्टस नेपाल बाट)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु